२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दसैंअघि नै नयाँ घर

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — पुनर्निर्माणलाई तीव्र बनाउन ३ नगर र ९ गाउँपालिका जनप्रतिनिधि सहमत भएका छन् । गाउँका प्राय: स्थानीय जनप्रतिनिधिले पीडितलाई दसैंअघि नै भूकम्प प्रतिरोधी घरमा भित्र्याउने लक्ष्य लिएका हुन् ।

दसैंअघि नै नयाँ घर

भौतिक पूर्वाधारलगायत अन्य कामभन्दा अहिले जनप्रतिनिधि पुनर्निर्माण सक्न वडा या गाउँपालिका बनाउने होडमा लागेका छन् । गाउँपालिका प्रमुखभन्दा वडाध्यक्ष यसमा हतारोमा लागिरहेको भेटिन्छ । उनीहरू गाउँगाउँ पुगेर सहजीकरण गरिरहेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकअन्तर्गत धुस्कुनले दसैंअघि पुनर्निर्माणका सबै काम सक्ने लक्ष्य लिएर गतिविधि अघि बढाएको छ । १ हजार ६२ भूकम्पपीडितमा हजार ४५ ले घर निर्माणका काम धमाधम अघि बढाएको वडाध्यक्ष शुकदेव रिसालले बताए ।

जाइकाका टिम लिडर तोमोयोकी मियानोले भर्खरै निर्माण सकेका ३ सय भूकम्पपीडितलाई शुक्रबार आवास सकेको प्रमाणपत्र दिए । ‘११ जना छुटेको बाहेक अरू सबैले घरको कामलाई निरन्तरता दिइरहेका छन्,’ उनले भने । जिल्लामा पहिलोपटक आफ्नै वडामा आवास निर्माण सम्पन्न प्रमाणपत्र दिलाएको उनले सुनाए ।

जुगल गाउँपालिका बराम्चीका वडाध्यक्ष सनत अधिकारी पनि पुनर्निर्माण अभियानमा व्यस्त छन् । गाउँभर भूकम्पप्रतिरोधी घर निर्माण अभियान अघि सारेर टोलटोलमा गइरहेको उनले बताए । ‘किस्ताको समस्या भएकालाई कागजातसहित आफैं चौतारा पुग्ने, मिलाउनेजस्ता सेडुल बनाएको छु, दसैंअघि पुनर्निर्माण सक्ने लक्ष्य राखेर यहा दौडिरहेको छु,’ उनले भने ।

बराम्चीमा झन्डै ८० प्रतिशतले आवास निर्माणलाई तीव्रता दिएका छन् । इन्द्रावती गापाले गाउँभर होमस्टे र एक तरकारी खेती एक घरजस्ता कृषिसँग जोडेर पुनर्निर्माणलाई सक्ने विशेष प्राथमिकतामा पहल गरेको छ । ‘कृषि उत्पादनसँगै शौचालय, आवासदेखि स्वस्थकर वातावरणका लागि अपरिहार्य छ, त्यसैले अभियानसँगै पुनर्निर्माण थाल्दै छौं,’ इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले भने । इन्द्रावतीको अधिकांश गाउँमा किस्ता लिनेवाला ९० प्रतिशतले घर निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् ।

पाँचपोखरीको थाङपाल, थाङपालकोट, भोताङजस्तै हेलम्बु गाउँपालिकाको किउल, शेर्माथान, महाँकाललगायत दर्जनौं विकट बस्तीमा बर्खापछि सडक ठप्प हुने गरेको छ । सडकका कारण पुनर्निर्माणमा पछाडि नपरोस् भनेर बाह्रै महिना चल्ने स्थायी सडकका लागि काम थालिएको हेलम्बु गाउँपालिकाका निमाग्याल्जेन शेर्पाले बताए ।

प्रकाशित : श्रावण १४, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?