भोज खाँदा ५० गाउँले बेहोस

कान्तिपुर संवाददाता

धादिड — छिमेकीको घरमा न्वारानको भोज खाँदा गजुरी गाउँपालिका–४, गैरीगाउँका करिब स्थानीय ५० जना बेहोस भएका छन् । स्थानीय अनिल चेपाङको घरमा आइतबार अपराह्न भोज खाएलगत्तै उनीहरु हाँस्ने, रुने र बेहोस हुने गरेका थिए ।

भोज खाँदा ५० गाउँले बेहोस

गजुरीस्थित ईलाका प्रहरी कार्यालयकाअनुसार हामीलाई अपराह्न खबर आएपछि प्रहरी परिचालन गरेका छौं । उनका अनुसार वर्षाका कारण उक्त गाउँमा समयमै प्रहरी पुग्न समस्या परेको गजुरीस्थित ईलाका प्रहरी इञ्चार्ज सञ्जय तिमिल्सिनाले बताए । उक्त बस्ती गजुरीबाट करिब ३ घण्टा दूरीमा पर्छ ।


प्रहरी निरीक्षक तिमिल्सिनाले भोजमा दिइएको मासु वा खाद्यपदार्थमा गाँजा वा चरेस हालिएको प्रारम्भिक आशंका छ ।

प्रकाशित : श्रावण १३, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?