कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पार्टीभित्रको गुटबन्दीले चुनाव हारियो : सशांक

हेटौंडा — कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टीभित्र रहेको गुट–उपगुटले चुनावमा हारिएको बताएका छन् ।

पार्टीभित्रको गुटबन्दीले चुनाव हारियो : सशांक

नेपाली कांग्रेस मकवानपुरले बुधबार आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस गुटबन्दीका कारण हारेको बताए । ‘निर्वाचनमा हार्नुको एक कारण पार्टीभित्रको गुटबन्दी पनि हो,’ उनले भने, ‘टिकट वितरण गर्दा राम्रो मान्छे भन्दा आफ्नो मान्छे छान्ने काम भएको छ, पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न म अन्तिमसम्म लाग्छु ।’ उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नका लागि आफू अन्तिम अवस्थासम्म लाग्ने बताएका छन् ।


कोइरालाले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउदै बाम एकताले आफूहरुलाई कुनै असर नगर्ने दाबी गरे । उनले एकताबद्ध भएर काम गर्ने हो भने बाम एकताले केही असर गर्न नसक्ने बताए ।


कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले राज्य संविधान अनुसार नचलेको तर्क गरे । ‘अधिनायकवाद र सर्वसत्तावाद बाजा बजाएर आउदैन, त्यसको संकेत देखिन थालेको छ,’ उनले भने, ‘सिंहदरबारमा अधिकार केन्द्रीकृत गर्ने काम भइरहेको छ ।’ कांग्रेसले युद्ध नभइ लडाई मात्रै हारेको भन्दै राष्ट्रिय एजेण्डाको नेतृत्व गरिरहेको दाबी गरे ।


वडातहसम्म प्रशिक्षण चलाउन कांग्रेसले प्रशिक्षक तयार गरेको हो । तालिममा जिल्ला कार्यसमिति, नगर सभापति, कांग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार, निर्वाचित वडाअध्यक्षहरु सहभागी छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?