कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै क्षेत्रबाट समृद्धिको तयारी जरुरी : राष्ट्रपति

अनिश तिवारी

सिन्धुपाल्चोक — राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको तयारी सबै क्षेत्रबाट जरुरी भएको बताएकी छन् । आइतबार इन्द्रावती गाउँपालिकाको भिमटारस्थित दनुवार बस्ती उद्घाटन गर्दै भण्डारीले विकासको लागि अगाडि बढ्न सबैलाई अनुरोध गरिन् ।

सबै क्षेत्रबाट समृद्धिको तयारी जरुरी : राष्ट्रपति

२७ करोडको लागतमा बनेको एक सामुदायिक भवन, विद्यालय र बस्ती आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले वडाध्यक्ष कमलरत्न दनुवारलाई हस्तान्तरण गरिन् ।

‘एसओसबाट भएको काम सह्रानीय छ , विपन्न वर्गलाई सहयोग हात अगाडि बढाउन जरुरी कुरा हो, ’ भण्डारीले स्थानीयमाझ भनिन्, ‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडि बढ्नेछ, यसको संरक्षणको जिम्मा स्थानीय सरकारले गर्नुहोस् । ’


दनुवार बस्तीको निरीक्षण गरिसकेपछि भिमेश्वरी माध्यमिक विद्यालय हस्तान्तरण गरेकी राष्ट्रपति भण्डारीले सबैलाई विकासमा लाग्न आग्रह गरिन् । ‘हेलम्बु, तातोपानीजस्ता महत्वपूर्ण क्षेत्रको प्रवर्द्धन गरिन आवश्यक छ, कृषि उत्पादन अगाडि बढाउन सिँचाइ अत्यावश्यक देखिन्छ, ’ उनले भनिन् । उनले बन्द रहेको तातोपानी नाका खोल्नुपर्ने र मेलम्चीको पानी राजधानी पुर्‍याउनेजस्ता कुरा तत्कालै गर्न पहलकदमी लिएको सुनाइन् । ‘नयाँ अभियान लिएर उत्साहपूर्ण ढंगले अगाडि बढ्नुहोस् चाहिने सहयोग गर्न तत्पर छौँ,’ उनले भनिन् ।

आवास हस्तान्तरण गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दनुवार परिवारले खुसीसाथ भव्य स्वागत गरेका थिए । सुरक्षा घेराका कारण भण्डारीलाई बाहिरबाटै फूलमालाले फ्याँकेर स्थानीयले सम्मान गरेको वडाध्यक्ष दनुवारले बताए ।

एसओएसका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले गाउँको स्वरुपलाई बस्तीले थप व्यवस्थित बनाएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित : वैशाख १६, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?