२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कांग्रेस प्रदेश ३ संसदीय दल कार्यसमितिलले पूर्णता पायो

नगेन्द्र अधिकारी

हेटौंडा — नेपाली कांग्रेस प्रदेश ३ संसदीय दल कार्यसमितिले पूर्णता पाएको छ । बुधबार मकवानपुरस्थित पार्टी कार्यलयमा बसेको संसदीय दलको बैठकले पूर्णता दिएको हो । 

प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुसाशन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको हो ।


कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा दलको तर्फबाट न्हुच्छे नारायण श्रेष्ठलाई उठाउने निर्णय समेत गरेको छ । लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउने परम्परा अनुसार कांग्रेसले दाबी गरेको हो ।


अन्य समितिमा कांग्रेसले दाबी नगर्ने सदस्य सचिव लामाले जानकारी दिए । बैठकले यूएस बंगला विमान दुर्घटनामा मृतक हुने २२ नेपाली सहित ४९ जनाको मृत्यु भएकोमा दु:ख व्यक्त गर्दै घाइतेको उपचार र मृतकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको समेत गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?