सिरहा नगरपालिकाले ल्याउन सकेन बजेट, अरू कुन पालिकाको कति ?

असार ११, २०८२

विनय आजाद

Siraha municipality could not bring the budget, how much of which other municipality?

सिरहा — सिरहाका १७ स्थानीय तहमध्ये १६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आय–व्ययसहितको अनुमानित बजेट गाउँ–नगर सभामार्फत् सार्वजनिक गरेका छन्।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा उल्लेखित व्यवस्था अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने हुन्छ। तर जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकाले भने बजेट सार्वजनिक गर्न सकेको छैन।

सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाले अहिलेसम्म नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्न नसकेको हो। प्रमुख प्रशासकीय अधिकृत इद्रीश राइनले नगर प्रमुख नवीन कुमार यादवको व्यस्तताका कारण बजेट पेस गर्न नसकिएको जानकारी दिए।

नगर प्रमुख यादवसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आएनन्।

अरू कुन स्थानीय तहको बजेट कति ?

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully