कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

गाउँसभा रद्द गर्न माग गर्दै राजगढ गाउँपालिकामा धर्ना

श्रावण ३०, २०८१
गाउँसभा रद्द गर्न माग गर्दै राजगढ गाउँपालिकामा धर्ना

राजविराज — सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधिहरु र स्थानीयबासीहरुले बुधबार धर्ना दिएका छन् । गाउँपालिकामा अनियमितता भएको र गाउँसभासमेत गैरकानुनी रूपमा गरिएको भन्दै जनप्रतिनिधि र स्थानीयबासीले धर्ना दिएका हुन् ।

गाउँपालिकाले गत असार १० गते १३ औँ गाउँसभा गरेको थियो । तर केही जनप्रतिनिधिहरुले भने उक्त गाउँसभा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत भएको भन्दै गाउँसभा रद्द गर्नुपर्ने माग गरेका छन् ।

बुधवार नारा जुलुस गर्दै गाउँपालिका कार्यालय पुगेका आन्दोलनरत पक्षले आर्थिक वर्ष २०७९/०८० र २०८०।०८१ मा पालिकामा कहाँबाट कुन शीर्षकमा कति रकम प्राप्त भएको हो ? र सो रकम कहाँ खर्च गरिएको हो ? भन्ने विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

२ सय २५ जना भन्दा बढी लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता नपाएकोले यथाशीघ्र सामाजिक सुरक्षा भत्ता एकमुष्ट उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको विवरण उपलब्ध गराउनुपर्ने माग समेत आन्दोलनरत पक्षको छ ।

पालिकाको आफ्नै स्कारपियो हुँदाहुँदै थप व्ययभार पर्ने गरी दुई वटा स्कारपियो भाडामा लिनुपर्ने कारण समेत उनीहरुको मागेका छन् । यस्तै आन्दोलनरत पक्षले गत साउन २२ गते रिपोटिङ्गमा राजगढ़ गाँउपालिका पुगेका पत्रकारहरुमाथि पालिका अध्यक्ष मण्डलले संचारसाधन खोस्दै दुर्व्यवाहर गरेकोप्रति समेत विरोध जनाएका छन् ।

प्रकाशित : श्रावण ३०, २०८१ १७:३४
x
×