कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

भारुसहित भारतीय युवक पक्राउ 

श्रावण २२, २०८१
भारुसहित भारतीय युवक पक्राउ 

पर्सा — प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमार छन् । उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगन्ज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट सोमबार पक्राउ गरेको हो । 

प्रहरीले नियमित रूपमा जाँच गर्ने क्रममा भारत रक्सौलबाट शंकास्पदरूपमा आउँदै गरेका कुमारको शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीबाट स्रोत नखुलेको भारतीय प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी २ लाख १९ हजार रुपैयाँ फेला परेको थियो ।

उनलाई आवश्यक कारबाहीको मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।


प्रकाशित : श्रावण २२, २०८१ १९:४५
x
×