कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

श्रावण २०, २०८१
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट — रौतहटको गरुडा नगरपालिका–८ जिगडिया चोकमा आइतबार बसको ठक्करबाट मोटरसाइकललाई चालको मृत्यु भएको छ । 

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रुबाहक बसले जिगडिया चोकमा बिआर ३० जेड ३०१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गरुडा–७ पिपरिया गाउँका ४० वर्षीय आशनारायण पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । बसको ठक्करबाट गम्भीर घाइते पटेललाई उपचारका लागि ग्रान्डी हस्पिटल गरुडा पठाएको थियो । अस्पताल पुगेलगत्तै पटेलको मृत्यु भएको हो ।

स्टेरिङ फेल भएको अवस्थामा घटनास्थलबाट बसलाई ईलाका प्रहरी गरुडामा ल्याइएको छ । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रकाशित : श्रावण २०, २०८१ २२:३५
x
×