कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चट्याङ लागेर महिलाको मृत्यु 

शिव पुरी

रौतहट — जिल्लाको मौलापुर नगरपालिकामा खेतमा धान रोप्ने क्रममा बिहीबार चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार चट्याङ लागेर मौलापुर–८ सोनरनियाकी ५५ वर्षीया धरोहरि देवीको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

चट्याङ लागेर महिलाको मृत्यु 

‘खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर धरोहरीको मृत्यु भएको हो,' उनले भनिन्, ‘घटनाबारे थप जानकारी लिने काम भइरहेको छ ।’

तराई/मधेशमा बिहानदेखि लगातार वर्षा भइरहेको छ । वर्षासँगै केही स्थानमा चट्याङ परेको छ । चट्याङ लागेर मृत्यु भएकी धरोहरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । उनका अनुसार पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने छ ।

प्रकाशित : असार २७, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×