कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

किशोर हत्या आरोपित दुई पक्राउ

शिव पुरी

रौतहट — जिल्लाको ईशनाथ नगरपालिकामा १७ वर्षीय किशोरको हत्यामा संलग्न भएको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका–१ बौधापतौरा घर भई हाल ईशनाथ–३ स्थित मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साह रहेका छन् ।

किशोर हत्या आरोपित दुई पक्राउ

मंगलबार पक्राउ परेका दशई र रोशनलाई बुधबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुमाथि ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीका अनुसार मंगलबार राति आलमलाई नजिकैको आँपको बगैंचामा शौच गर्न गएको मौका छोपेर दशई र रोशनले रड, छुरा प्रहार गरी हत्या गरेका थिए । आँप टिपेको विषयमा विवाद हुँदा दशई र रोशनमाथि भएको कुटपिटको बदलामा आलमको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : असार २६, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×