कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

विवाहको २५ वर्षपछि मिरादेवीले पाइन् नागरिकता

राजविराज — विवाह भएर पतिको घर आएको २५ वर्षपछि सप्तरी छिन्नमस्ता गाउँपालिका-३ की एक महिलाले बुधबार नेपाली नागरिकता पाएकी छिन् । उमेर पुगेका छोराछोरीले नागरिकता पाउनु पर्ने समयमा बल्ल मिरादेवी मण्डलले नागरिकता पाएकी हुन् ।

विवाहको २५ वर्षपछि मिरादेवीले पाइन् नागरिकता

भारत विहार राज्यको मधुवनी जिल्लास्थित महथौर माइती भएकी मिरादेवी छिन्नमस्ता गाउँपालिका - ३ का रामलखन मण्डलसंँग २०५६ सालमा वैवाहिक बन्धनमा बाधिएकी थिइन् ।

बुहारी बनेर भित्रिएकी केही वर्षसम्म मिराका पति रामलखनले उनको नागरिकता बनाउनेतर्फ ध्यान दिएनन् । १७ वर्षीय छोरी र १५ वर्षका छोरा गरी दुई सन्तान रहेका मिरा कुमारीका पति रामलखन १५ वर्ष यता परिवारबाट सम्पर्कविहीन भएपछि उनको नागरिकता बन्न सकिरहेको थिएन ।

उनको नागरिकता नबनेको तथा पति रामलखनको पनि नागरिकता नभेटिएको र रामलखन सम्पर्कविहीन भएपछि छोराछोरीको पढाई नै नागरिकता अभावमा संकटमा परेको थियो । पछिल्ला वर्षहरुमा मिराकुमारीले पटक-पटक नागरिकता लिने प्रयास गरेकी थिइन् । तर पतिको नागरिकता र सनाखत बस्ने अभावमा उनको नागरिकता बन्न सकिइरहेको थिएन ।

छिन्नमस्ता गाउँपालिकाले विवाह दर्ताको सिफारिस गरिदिएको र गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले नै बुधवार जिल्ला प्रशासनमा सनाखत गरेर नागरिकता बनाइदिएका हुन् ।

आफ्नो नागरिकता नहुँदा छोराछोरीको पढाइ समेत असर परेको उनले बताइन् । मिरादेवीले भनिन् - 'म विपन्न नागरिकता अभावमा सरकारी सुविधाबाट बन्चित भइरहेको थिएँ। १५ वर्षदेखि पति रामलखन सम्पर्कविहीन भएपछि मिरादेवी प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर परिसरमा फुल बेचेर गुजारा गर्नुका साथै छोराछोरी पठाउँदै आएकी छिन् ।

प्रकाशित : असार २६, २०८१ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×