कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बर्दिवासका एक सय बढी घर डुबानमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास-२ र १४ का एक सय भन्दा बढी घर डुबानमा परेका छन् । मंगलबार बिहानदेखि लगातार परेको वर्षाले बस्ती नै जलमग्न बनेको छ। एकीकृत नमुना मुसहर बस्तिसँगै वरपरका टोलमा खोल्सी र नालाको पानि बस्तिमा पसेपछि घरहरु डुबानमा परेका हुन् । 

बर्दिवासका एक सय बढी घर डुबानमा

चुरेबाट बग्ने खोल्सी अतिक्रमण गरि घरटहरा बनाउदाँ समस्या भएको पीडितले बताए । चुरेदेखिनै स्थानीयले आफ्नो ढंगले नियन्त्रण गर्दा खोल्सीले बाटो खोज्दै आफ्नो बस्तीलाई क्षति पुर्‍याएको स्थानीय होमबहादुर भुजेलले बताए ।

पानीको निकास नहुँदा खोल्सी, नाला र निर्माण हुँदै गरेको रेल्वेको ड्यामले पनि बस्तीमा जोखिम निम्तिएको स्थानीयले बताएका छ्न् । रेल्वेले तत्कालै नाला नबनाउने हो भने बर्दिवासमा अझ बढी समस्या निम्तिने भुजेलले बताए ।

रेल्वेको ड्याम कसेर नाला नबनाउँदा पानी घरभित्र पसेको मिठु थापाले बताइन् । मंगलबार बिहान ४ बजेबाट लगातार परेको पानीले घर मा पानी भरिएपछि सडकममै बास भएको थापाले बताइन् । घरमा जलमग्न भएपछि खान बस्न समस्या भएको र घरका अन्नपात र सरसामान सबै डुबेर बर्बाद भएको उनले बताइन् ।

बर्दिवास-१४ का अध्यक्ष विजय महतोले बस्तीबाट पानीको निकास निकाल्न पहल भइरहेको बताए । केही ठाउँमा पालिकाको डोजर लगाएर पानी खोल्ने काम गरिएको र समस्या भएका अन्य ठाउँमा पनि तत्काल गर्न सकिने काम तत्काल गरिने महतोले बताए ।

वर्षाले जिल्लाको अन्य क्षेत्रमा भने अहिलेसम्म कुनै क्षति नगरेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए ।

प्रकाशित : असार २५, २०८१ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×