कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

जिल्ला प्रहरी पर्सामा विशेष कन्ट्रोल रुम 

पर्सा — जिल्लाको अधिकांश क्षेत्रलाई सीसीटीभी क्यामेराबाट प्रत्यक्ष निगरानी गर्न पर्सा प्रहरीले शुक्रबारदेखि विशेष कन्ट्रोल रुम संचालनमा ल्याएको छ । 

जिल्ला प्रहरी पर्सामा विशेष कन्ट्रोल रुम 

सदरमुकाम वीरगन्ज महानगर तथा जिल्लाको अन्य स्थानमा हुने आपराधिक घटना न्यूनिकरण गर्न प्रहरीले विशेष एप सहितको कन्ट्रोल रुम संचालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्ला प्रहरी कार्यालयको निरीक्षणसँगै कन्ट्रोल रुम उद्घाटन गरे । उनले एप र कन्ट्रोल रुमको मद्दतले प्रहरी तत्कालै एक्सनमा जाने वातावरण बनेको र यसले प्रहरीलाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

प्रजिअ भुसालले अब प्रहरीको १०० नम्बरमा अनावश्यक फोन गरेर दुःख दिने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन एपले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्दै बिनाकाम प्रहरी कन्ट्रोलमा फोन गरी जिस्क्याउनेलाई कानुनी कारबाही हुने बताए ।



प्रकाशित : असार ७, २०८१ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×