कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

पर्सा निकुन्जमा तस्कर र निकुन्ज गस्ती टोलीबीच गोली हानाहान 

पर्सा — पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार बिहान निकुन्जको गस्ती टोली र वन्यजन्तु तस्कर समूहबीच गोली हानाहान भएको छ । निकुन्ज कार्यालयका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार घटना बिहान करिब सवा ८ बजेको हो ।

पर्सा निकुन्जमा तस्कर र निकुन्ज गस्ती टोलीबीच गोली हानाहान 

निकुन्ज कार्यालयका कर्मचारी र निकुन्जको सुरक्षार्थ खटिएको सेनाको संयुक्त गस्ती टोली अमलेखगन्ज देखि करिब ७ किमि उत्तर पश्चिम निकुन्जको कोर एरियामा गस्तीको क्रममा पुग्दा तस्कर समूहले अचानक निकुन्ज गस्ती टोली उपर गोली फायर गरेका थिए ।

४/५ जनाको समूहमा रहेका तस्करहरुबाट ३ राउण्ड गोली फायर भएपछि निकुन्ज गस्ती टोलीले ४ राउण्ड जवाफी फायर गरेको थियो । त्यसपछि तस्करहरु भागेका थिए । घटनास्थलबाट २ थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, रासन सामग्री, झोला, प्लाष्टिकको त्रिपाल आदि बरामद भएको छ ।

घटनास्थलको प्रकृति हेर्दा त्यहा वन्यजन्तु तस्कर समूह केही दिनदेखि वन्यजन्तुको शिकारको लागि बसी रहेको जस्तो देखिएको भगतले बताए । तर घटनास्थलबाट वन्यजन्तुको कुनै पनि खालको अवशेष फेला परेको छैन ।

प्रकाशित : असार ७, २०८१ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×