कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

प्रहरी जवानको शंकास्पद मृत्यु घटनामा प्रेमी पक्राउ

विनय आजाद

सिरहा — जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत महिला प्रहरी जवान करिश्मा सुनारको शंकास्पद मृत्यु घटनामा एक जना पक्राउ परेका छन् ।

प्रहरीले बाँके जिल्लाको बैधनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापामगरलाई पक्राउ गरेको हो । उनी मृतक सुनारको प्रेमी रहेको देखिएको सिरहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्वीवेदीले बताए ।

मगरलाई सिरहा ल्याएर अदालतबाट आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

बाँकेको खजुरा गाउँपालिका ४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत सुनार गत जेठ ३१ गते ४ बजेतिर कार्यालय परिसरमै शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रकाशित : असार ४, २०८१ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×