कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

रकम लुटपाटमा संलग्न भारतीय नागरिक पक्राउ

शिव पुरी

रौतहट — रौतहटमा रकम लुटपाटमा संलग्न भारतीय नागरिकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

रकम लुटपाटमा संलग्न भारतीय नागरिक पक्राउ

मौलापुर–६ पथरा बुधरामस्थित सडक खण्डबाट रकम लुटेर भागेका भारत बिहार राज्य मोतिहारी जिल्लाका २० वर्षीय मोनुकुमार जैसवाललाई सोमबार सार्वजनिक गरिएको हो । रौतहट बौधिमाई नगरपालिका–८ का अरबिन्दकुमार दासले सहकारीको १७ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक मौलापुरमा जम्मा गर्न मोटरसाइकलमा ल्याउँदै गर्दा गएको जेठ २२ गते अपरिचित ३ जना व्यक्तिले गोली हानी लुटेर भागेका थिए ।

उक्त घटनाको डेढ सातापछि जैसवाललाई हतियारसहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् । उनका अनुसार जैसवाल घाडासहनमा सक्रिय बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको खुलेको छ । ‘जैसवाल नेपाल-भारत सीमा ईलाकामा लुटपाटमा संग्लन रहेको पाइएको छ,' उनले भनिन्, ‘अवैध भन्सार चोरी निकासीको काममा पनि उनी सक्रिय रहेको खुलेको छ ।’

जैसवाल ३/४ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई आक्रमण गरेको घटनामा जेल बसेर छुटेको प्रहरीले जनायो । प्रहरीले जैसवालको साथबाट कटुवा पेस्तोल एक, दुई राउण्ड गोलीसमेत बरामद गरेको छ ।

जैसवाललाई हातहतियार, खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

प्रकाशित : असार ४, २०८१ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×