कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मधेशको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् ।

मधेशको मुख्य न्यायाधिवक्तामा सुरेन्द्र कुमार महतो नियुक्त

धनुषाको सबैला नगरपालिका-६ का महताेलाई बिहीबार मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

No description available.

प्रकाशित : जेष्ठ ३१, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×