कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भन्सार छली भारततर्फ लाँदै गरेको रक्सी नियन्त्रणमा 

सुनिता बराल

महोत्तरी — महोत्तरीको एकडारा ४ बाट चोरीको बाटो हुँदै भारत लाँदै गरेको रक्सी प्रहरीले नियन्त्रणमा लिएको छ । 

भन्सार छली भारततर्फ लाँदै गरेको रक्सी नियन्त्रणमा 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले हल्खोरीबाट १८ कार्टुन रक्सीसहित अटो रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जयसवालले जानकारी दिए ।

रक्सी बोकेको प्र.२-०२-००१ स ९४९ नम्बरको अटोमा चालक प्रहरीलाई देख्नासाथ फरार भएका प्रहरीले जनाएको छ । अटोसहित बरामद सामानको मूल्य ४ लाख ६३ हजार रहेको प्रहरीले जनाएको छ । बरामद सामानसहित सवारीलाई जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको डीएसपी जयसवालले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×