कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

विनय आजाद

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।

सिरहामा कार्यालयमै मृत भेटिइन् महिला प्रहरी

बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो । तर, घटना प्रहरीले गुपचुप राख्न चाहेको छ । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले मृतक महिला प्रहरी जवान भए पनि आफू बाहिर भएको भन्दै नाम खुलाउन चाहेनन् । 'मृतक महिला प्रहरी जवान हुन्,' उनले भने, 'थप पछि भन्छु ।'

घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ । सेवाग्राहीलाई 'विशेष बैठक' भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ ।

प्रहरीले सुरुमा घटनाबारे केही बताउन चाहेको थिएन । त्यसपछि घटनाबारे बुझ्न सञ्चारकर्मीहरू जिल्ला प्रहरी कार्यालयमै छिरेका थिए ।

उनीहरू घटनाबारे सोधखोज गरेपछि प्रहरी निरीक्षक उदयभान द्विवेदीले सञ्चारकर्मीहरूलाई हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×