कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

महोत्तरीको मनराशिसवामा ‘संस्कार शिविर’

सन्तोष सिंह

धनुषा — महोत्तरीको मनराशिसवा नगरपालिकाले संस्कृति र संस्कारको संरक्षणका लागि भन्दै विद्यार्थीलक्षित ‘संस्कार शिविर’ सञ्चालन गरेको छ । समाजबाट हराउँदै गएको मानवीय गुण, मूल्य, मान्यता र सनातन धर्म संस्कृतिको रक्षाका लागि मनराशिसवाभित्रका विद्यालयहरुमा अध्ययनरत किशोरकिशोरीलाई संस्कार शिविर सञ्चालन गरिएको हो ।

महोत्तरीको मनराशिसवामा ‘संस्कार शिविर’

कक्षा ८,९, र १० का छात्रछात्राहरुलाई एकैथलोमा राखेर उनीहरुलाई योग शिक्षा, कुलतबाट मुक्ति, मानवीय गुण, मूल्य, मान्यता, आचरण, नैतिक शिक्षा र सनातन धर्म संस्कृतिको पालना तथा सभ्य र सुन्दर जीवन निर्माणका लागि शिविर सञ्चालन गरिएको मनराशिसवा नगरपालिकाका प्रमुख मोहन पाण्डेयले बताए ।

'नगरपलिकाले १ सय २५ जना विद्यार्थी ५ दिनको शिविर दिएर प्रशिक्षण पाएका विद्यार्थीहरुबाट विद्यालयहरुमा प्रशिक्षण सञ्चालन गरिने छ,' नगर प्रमुख पाण्डेयले भने, ‘युवायुवतीमा परिवर्तन आउने, कुलत र दुर्व्यसनमुक्त हुने तथा सभ्यता र संस्कृतिले सुसज्जित समाज निर्माण हुने उद्देश्यले शिविर सञ्चालन गरियो ।’

'विद्यार्थीहरुलाई मोबाइल, टेलिभिजन र अन्य सबै मनोरञ्जनका आधुनिक साधनबाट टा्ढा राखेर सभ्यता र संस्कार सिकाइएको हो', पाण्डेयले भने । शिविरमा पाएको प्रशिक्षणले विद्यार्थीहरुको आचरण र दिनचर्यामा समेत परिर्वतन आएको बथनाका माविमा शिक्षक शिक्षक अशोककुमार झाले दाबी गरे । समाजमा व्याप्त कुसंस्कार, विकृति र विसंगतिलाई चिर्दै मानव विकास गर्ने उद्देश्यका साथ मनराशिस्वाले सञ्चालन गरेको विद्यार्थी संस्कार शिविरमा युवायुवतीलाई योग साधना प्रदान गरिएको शिक्षक झाले बताए ।

कम उमेरमै विभिन्न रोगको संक्रमण र युवयुवतीकै उमेरमा कुलतमा फस्न सक्ने जोखिमबाट बच्न शिविरमा सिकाइएको बथनाहाका अभिभावक निरजयकुमार झाले बताए । शिविरमा भएको सिकाई बुधबार विद्यार्थीहरुले खुल्ला मैदानमा प्रदर्शन गरेका थिए ।

शिविरमा सहभागी विद्यार्थीको प्रस्तुति देखेपछि प्रदेश सांसद चन्दन सिंहले मनराशिस्वा नगरपालिकाले आयोजना गरेको शिविर प्रदेशभरि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×