कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

दशगजामा फेला परेका २ शवको पहिचान

शंकर आचार्य

पर्सा — पर्साको जगरनाथपुरस्थित दशगजामा गाडिएको अवस्थामा मंगलबार फेला परेका २ वटा शवको पहिचान खुलेको छ । 

दशगजामा फेला परेका २ शवको पहिचान

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार पहिलो शव बारा कलैया उपनपा–६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र दोस्रो शव बारा आदर्शकोतवाल गाउँपालिका–७ घर भई कलैया उमनपा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको हो । दुवै शवको नारायणी अस्पताल वीरगन्जमा परीक्षण गरी सकिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए ।

जगरनाथपुर– १ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल-भारत सीमा दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै ती शव गाडिएको अवस्थामा फेला परेको थियो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले मंगलबार ती शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा भेटेको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×