कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भन्सार छली ल्याइएका २८ लाख बढी मूल्यका मालसामान बरामद 

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा भन्सार छली राखिएका सामान बरामद गरेको छ ।

भन्सार छली ल्याइएका २८ लाख बढी मूल्यका मालसामान बरामद 

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१९ इनर्वास्थित एक घरमा भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा गोदाम गरी राखेको १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १४ हजार ५ सय ९२ थान ल्याक्मे कम्लेक्सन क्रिम र ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ थान ल्याक्मे मोइस्चराइजर क्रिम गरी १६ वटा पोकामा गरी २२ लाख ६५हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

त्यसैगरी सोही घरमानै भारतबाट भन्सार छली अवैध रुपमा गोदाम गरी राखेको १ सय २० बोरामा रहेको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको थियो । कूल २८ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरका ती मालसामान बुधबार आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देवेन्द्रबहादुर सिहले जानकारी दिए।



प्रकाशित : जेष्ठ ३०, २०८१ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×