कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

वीरगन्जका ५ विद्यालयमा महानगरले गर्‍यो शिलबन्दी

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमतिबिना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरग्न्जको नामबाट वीरगन्ज-१२ मुर्ली बगैंचामा अनुमतिबिना संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको महानगरपालिकाका जनसम्पर्क अधिकृत नवराज फुयालले जानकारी दिए ।

वीरगन्जका ५ विद्यालयमा महानगरले गर्‍यो शिलबन्दी

त्यसैगरी, वीरगन्ज-२६ सुगौलीमा २०५७ सालदेखि अवैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित एएस नलेज एकेडेमीमा पनि सिलबन्दी गरिएको छ ।

वीरगन्ज-१८ भवानीपुरमा संचालित सुरज एकेडेमी अनुमतिबिना नै संचालनमा रहेकोले सिलबन्दी गरिएको तथा सोही वडामा अनुमतिभन्दा बढी कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x