कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फेरि बेवारिसे शव फेला 

शंकर आचार्य

पर्सा — वीरगन्जमा एक बेवारिसे शव फेला परेको छ । वीरगन्ज महानगरपालिका–११ स्थित रामजानकी मठ पछाडि सिर्सिया खोलामा उक्त शव फेला परेको हो ।

सोमबार दिउँसो करिब साढे ३ बजे एक पुरुषको शव फेला परेको हो । कम्मरमा रातो गम्छा, हरियो सेतो चेक भएको सर्ट, कालो पाइन्ट लगाएको हाल करीब ५०/५१ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

शव नारायणी अस्पताल वीरगन्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जनाए । आइतबार पनि वीरगन्जस्थित नेपाल भारत सीमामा एक पुरुषको बेवारिसे शव फेला परेको थियो ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x