कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दशगजामा २ शव फेला 

शंकर आचार्य

पर्सा — पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका–१ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटो दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो । 

दशगजामा २ शव फेला 

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा मंगलबार मध्याह्न १२ बजेतिर शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा ती शव भेटिएको हो । घटनास्थल दशगजामा नेपालतर्फ रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए । उनले दुवै शव पहिचान गर्ने कामसँगै घटनाको अनुसन्धान पनि थालिएको बताए ।

तस्बिर सौजन्य : कृष्णमोहन साह


प्रकाशित : जेष्ठ २९, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x