२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

जनकपुरमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

धनुषा — जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरिएको छ । 

जनकपुरमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा स्थानीय युवाहरुले शनिबार साँझ भानुचोकमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन् । सहभागीले प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दे, प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन, कान्तिपुरका अध्यक्ष सिरोहियालाई बिनासर्त तुरुन्त रिहा गरलगायत नारा लगाएका थिए ।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा देशका विभिन्न जिल्लामा विरोध र प्रदर्शन भइरहेका छन् ।


प्रकाशित : जेष्ठ १२, २०८१ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?