२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

विनय आजाद

सिरहा — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन भएको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो ।

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सरकारको कदमलाई अलोकतान्त्रिक भन्दै उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गर्दै प्रदर्शन गरे ।

अध्यक्ष सिरोहियाको पक्राउलाई उनीहरुले प्रतिशोधपूर्ण र मिडियामाथि अंकुश लगाउने दुष्प्रयास भनेका छन् । कान्तिपुर लोकतन्त्रको खम्बा भएको भन्दै कान्तिपुरको पक्षमा देश उभिएको उनीहरूले बताए ।


अध्यक्ष सिरोहियालाई तत्काल रिहा गर्न, प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन, सहकारी ठगी प्रकरण, गृहमन्त्रीको दोहोरो पासपोर्ट प्रकरणको छानबिन गर्न उनीहरुले माग गरे ।

प्रकाशित : जेष्ठ ९, २०८१ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?