कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

अजित तिवारी

जनकपुर — नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

यससँगै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छ । अर्को सत्तारुढ दल नेकपा एमाले पनि आजै सरकार छोड्ने तयारी छ । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेसमा सरकार फेरबदल हुन लागेको हो ।

एमाले र माओवादी केन्द्रले सरकार छोडेपछि जसपा नेपालका यादव नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।


प्रकाशित : वैशाख ३०, २०८१ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x