कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

५ करोड ८७ लाख बराबरका भन्सार छलीका सामान बरामद 

शंकर आचार्य

पर्सा — प्रहरीले चैत महिनाभरिमा जिल्लाको विभिन्न स्थानबाट राजश्व चोरी पैठारी गरी ल्याइएका ५ करोड ८७ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

५ करोड ८७ लाख बराबरका भन्सार छलीका सामान बरामद 

कार्यालयका सूचना अधिकृत एवम् प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार राजस्व अभिबृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी परिचालन भई चैत १ देखि ३० सम्मको अवधिमा ५ करोड ८७ लाख ३६ हजार सात सय ९९ रुपैयाँ बराबरका तस्करीका मालसामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेका लत्ताकपडा, सवारी साधनका पार्टपुर्जा, विद्युतीय सामग्रीहरु, किराना तथा खाद्यान्न बस्तुहरु समेत गरी गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा र वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

बरामद भएका बस्तुहरुमा १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपैयाँ बराबरको लत्ताकपडा, १ करोड १० लाख ८७ हजार ७ सय १० रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा, २ करोड १० लाख ७८ हजार ६ सय ८१ रुपैयाँ बराबरको विद्युतीय सामग्रीहरु तथा १ करोड ४२ लाख २३ हजार ९ सय १७ रुपैयाँ बराबरको किराना तथा खाद्यान्न मालबस्तुहरु बरामद भएको छ ।

तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउदै दैनिक जसो भारतबाट मालबस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका बस्तु बरामद गरी रहेपनि तस्करी निस्तेज भने हुदैन ।

प्रकाशित : वैशाख १, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?