१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

भरुवा बन्दुकसहित दुई जना पक्राउ    

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–१ स्थित पौराईबाट इलाका प्रहरी चन्द्रनिगाहपुरले मंगलबार भरुवा बन्दुक सहित दुईजनालई पक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित दुई जना पक्राउ    

पक्राउ परेकामध्ये एकजनाको मात्र म्याद थप भएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले अर्कालाई मुद्दा चलाउन नपर्ने भन्दै छाडेको छ । भरुवा बन्दुक सहित पौराईका ३५ वर्षीय धर्मजित स्याङतानलाई पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपरले जानकारी दिएको छ ।

उनीसंगै पक्राउ परेका शेरसिंह गोलेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले म्याद थपेर मुद्दा चलाउन नपर्ने भन्दै छाडेको प्रहरीले जनायो ।

बन्दुक बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्याङतानलाइ हातहतियार खरखजना मुद्दामा प्रहरीले म्याद थपेको छ । ग्रामिणभेगका प्राय शिकार खेल्न भरुवा बन्दुक प्रयोग हुने गर्छ । यसको अनुमति पत्र (लाईसेन्स) हुदैन।

प्रकाशित : चैत्र २०, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?