१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

साढे १३ लाख हुण्डीकाे रकमसहित २ जना पक्राउ

बारा — हुण्डी कारोबारमा संलग्न रहेका दुई जना १३ लाख ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई मंगलवार सार्वजनिक गरेकाे हाे ।

साढे १३ लाख हुण्डीकाे रकमसहित २ जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेकाअनुसार सीमावर्ती बिश्रामपुर गाउँपालिका-४ मुसहर्वा स्थित सडक खण्डबाट हरिकिशोर प्रसाद पटेलले चलाएकाे प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलबाट उक्त रूपैयाँ बरामद गरिएकाे हाे ।

भारतबाट नेपालमा स्राेत नखुलेको रकम ओसारपसार गर्ने क्रममा उनलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक न्याैपानेले बताए ।

पर्साकाे पाेखरिया नगरपालिका-१ बनकटवा निवासी माेटरसाइकल चालक ३४ बर्षीय पटेलसँगै रहेका बाराकाे महागढीमाई नगरपालिका-१ निवासी ४२ वर्षीय रमेश कुसवाहा पनि पक्राउ परेका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : चैत्र २०, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?