२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

बाँके सव डिभिजनको घाटगद्दीमा लागेको आगो २७ घण्टापछि निभाइयो

सुनिता बराल

महोत्तरी — महोत्तरीको बाँके सव डिभिजन वन कार्यालय परिसरमा लागेको आगो २७ घण्टापछि नियन्त्रणमा आएको छ । बाँके मराहा साझेदारी वन क्षेत्रमा लागेको आगो सव डिभिजनमा रहेको वन पैदवार घाटगद्दीमा बिहीबार दिउँसो २ बजेतिर सल्किएको थियो ।

बाँके सव डिभिजनको घाटगद्दीमा लागेको आगो २७ घण्टापछि निभाइयो

हाइटेन्सन लाइनअन्तर्गत पर्ने वनक्षेत्रको रुख कटान गरी २०७४/०७५ घाटगद्दी गरिएको पुरानो काठमा आगो लागेकाले नियन्त्रणमा लिन निकै गाह्रो भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, वनका कर्मचारी र ४ वटा पालिकाका दमकले समेत आगो नियन्त्रणमा लिन नसकेपछि काठ पल्टाएर माटोले छोप्दै निभाउन ५ वटा जेसीबीसमेत प्रयोग गरिएको वन कार्यालय जनाएको छ । लगातार २६ घण्टाको प्रयासपछि शुक्रबार साँझ ५ बजेपछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला डिभिजन प्रमुख झाले जानकारी दिए ।

वन कार्यालय परिसरमा घाटगद्दी गरिएको सी टु ब्लकमा भएका करिब २२ हजार सिएफटी काठ पूर्णरुपमा जलेर नष्ट भएको वन कार्यालयले जनाएको छ । जलेको काठमा ७ हजार सीएफटी काठ सखुवा र अन्य काठ विभिन्न कु जातका हैसियत मासिएका काठ रहेको वनले जनाएको छ । क्षतिको यकिन विवरण भने अहिले भन्न नसकिने झाले बताए । वनको पैदावरमा लागेको आगो नियन्त्रणमा लिन महोत्तरीको रामगोपालपुर, गौशाला, बर्दिवास र सर्लाहीको हरिवन नगरपालिकाको दमकल प्रयोग भएका थिए । आगो नियन्त्रणमा आएसँगै वन कार्यालय परिसरमा रहेका सी वान र सी थ्री ब्लकको ठूलो परिणामको काठ जोगिएको झाले बताए ।

प्रकाशित : चैत्र २, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?