२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाघ नियन्त्रण गर्न खटियो टोली 

शंकर आचार्य

पर्सा — पटेर्वासुगौली गाउँपालिका–२ मा बाघ नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुन्जबाट आएको प्राविधिक टोली सोमबारदेखि खटिएको छ ।

बाघ नियन्त्रण गर्न खटियो टोली 

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साहका अनुसार, चितवनबाट आएको टोली बाघ रहेको सम्भावित स्थलहरुमा खटिएको हो । ‘स्थानीयले देखेको तथा आक्रमणमा परेका स्थानीयहरुको सूचनाको आधारमा बाघ बसेको राष्ट्रिय वनको सम्भावित क्षेत्रहरुमा सुक्ष्म अनुगमन गरिरहेको छ,’ उनले भने, ‘जुन क्षेत्रमा बाघको गतिविधि देखिन्छ, त्यस क्षेत्रमा क्यामेरा ट्रयापिङका लागि क्यामेरा जडान गरेर पनि अनुगमन गरिने छ ।’

वन क्षेत्रको ठूलो भागमा क्यामेरा जडान गर्न सम्भव नरहेकाले सीमित भागमा क्यामेरा जडान गरेर बाघको अनुगमन गरिने उनले बताए । बाघ फेला परेपछि डार्ट गरेर लठ्याउने र नियन्त्रणमा लिएर लाने प्रयोजनले टोलीले खोरसमेत लिएर आएको साहले बताए । राष्ट्रिय वनसँग जोडिएको उक्त क्षेत्रमा करिब एक महिनादेखि बाघ देखापरेको र स्थानीयको चौपाया खाने र केहीलाई आक्रमण गरी घाइते बनाएपछि नियन्त्रणको मागसहित स्थानीयले दबाब दिँदै आएका थिए ।

बाघ नियन्त्रण टोलीलाई झिकाउन विभागसँग समन्वय गरिएको र विभागले चितवन राष्ट्रिय टोलीमा रहेको प्राविधिक टोलीलाई पठाएको साहले बताए ।

शनिबार सखुवाप्रसौनी गाउँपालिकामा फेला परेको मृत बघिनीको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको साहले बताए ।

प्रकाशित : फाल्गुन २२, २०८० १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?