१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लागूऔषधसहित २ पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले वीरगन्जबाट लागूऔषधसहित २ लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उमनपा–४ का ३२ वर्षीय गणेश घिमिरे र मकवानपुर बकैया गाउँपालिका–५ का ३५ वर्षीय विकास भोलन छन् ।

लागूऔषधसहित २ पक्राउ

उनीहरुलाई प्रहरीले सोमबार राति साढे ८ बजे वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको शंकराचार्य प्रवेशद्वार नजिकबाट पक्राउ गरेको थियो ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरी चेकिङ टोलीले खानतलासी गर्ने घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट लागूऔषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल फेला परेको थियो ।

दुवैलाई नियन्त्रणमा लिई उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २२, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?