कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

५२ जग्गाधनीले मुआब्जा नबुझ्दा बनेन मटिअर्वा–मानमत सडक

शंकर आचार्य

पर्सा — मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको मटिअर्वा–कलैयाؘ–मानमत सडक खण्ड अन्तर्गत कलैया उपमहागनरपालिकामा पर्ने साढे ३ किमी सडक खण्डको ५२ जग्गाधनीले अझै मुआब्जा बुझेका छैनन् । भारतको सहयोगमा २ बर्ष अघि निर्माण भएको करिब २२ किमि लामो उक्त सडक खण्डमा कलैया उपमहानगरपालिकामा बरेवादेखि भवानीपुरसम्म करिब साढे ३ किमि सडक खण्ड मुआब्जा बिवादको कारण निर्माण हुन सकेको छैन । 

भारतको सीमादेखि पूर्व-पश्चिम महेन्द्र राजमार्ग जोड्ने उक्त सडक खण्डमा जग्गा परेका जग्गा धनीले मुआब्जा रकम थोरै भएको भन्दै मुद्दा दिएपछि ठेकेदार सप्तकोशी जलाधार/ओमसाइ एण्डक कम्पनीले काम गर्न सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका सूचना अधिकृत सन्जयकुमार ठाकुरका अनुसार स्थानीयले मुआब्जा नबुझेकै कारण ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नपाएको बताए । हाल ठेकेदार कम्पनी ठेक्काको म्याद थप प्रक्रियामा गएको र सम्पर्कमा पनि रहेकाले काम सुरु गर्न ठेकेदारको तर्फबाट कुनै समस्या छैन ।

तर ५२ जग्गाधनीले अझै मुआब्जा बुझ्न बाँकी रहेकाले ठेकेदार कम्पनीलाई काम सुरु गर्न समस्या भएको छ । यो सडक खण्डमा विद्यालय, मठ मन्दिर, पुस्तकालय तथा व्यक्तिगत घर जग्गा समेत गरी ४ सय ६५ जग्गाधनी मध्ये ४ सय १३ ले हाल सम्म १ अर्ब २ करोड ६८ लाख ३२ हजार ३ सय ९७ रुपैया मुआब्जा बुझी सकेको ठाकुरले बताए । तर ५२ जग्गाधनीले अझै २ करोड ५५ लाख ४९ हजार ३ सय रुपैयाँ मुआब्जा बुझेका छैनन् ।

कलैया उपमहानगरबासीले अधुरो छोडिएको सडक खण्डमा धुलो उड्ने र आवागमनमा समस्या भएको भन्दै सडकलाई पूर्णता दिन दबाब स्वरुप संघर्षका कार्यक्रम गर्दै आएका छन् । कलैया देवकोटाचोक निवासी कर्दम श्रेष्ठले यो सडक खण्डको केही भाग निर्माण सम्पन्न नहुँदा सडक छेउ घर भएकाहरुलाई धुलोले सास्ती भइरहेको बताए ।

‘हामीलाई निक्कै सास्ती भइरहेको छ,’ उनले भने, ‘अविलम्ब मुआब्जाको झन्झट सकाएर सडक निर्माण गरिनुपर्छ ।'

प्रकाशित : फाल्गुन १६, २०८० १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?