२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

इजाजत-पत्र बिना चिकित्सक बनेका दुई भारतीयसहित तीन जना पक्राउ 

शिब पुरी

रौतहट — यमुनामाई गाउँपालिका–१ स्थित सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासीले उपचार गर्ने इजाजत बिना नै अस्पतालमा कार्यरत रहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । फागुन १ गते उनीहरुलाई पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

इजाजत-पत्र बिना चिकित्सक बनेका दुई भारतीयसहित तीन जना पक्राउ 

प्रहरीले भारतको बिहार राज्य पुर्वी चम्पारण थाना ढाका–१४ खैरवाका ४५ वर्षीय हसिन अख्तर, सिकारगंज–३ वटोआका २७ वर्षीय मोहम्मद तबरेज आलम र यमुनामाई गाउँपालिका–२ भेडियाही टोलका २७ वर्षीय कलाम मन्सुरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले उनीहरुले फागुन १ गते नै पक्राउ गरिएपनि केही दिन अनुसन्धानका लागि समय लाग्दा सार्वजनिक गर्न ढिलाइ भएको बताए । उनीहरुलाई मुलुकी अपराध संहिता अन्तर्गत उपचार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अस्पतालमा निर्धारित शैक्षिक योग्यता प्राप्त नगरी बिना अनुमतिपत्र बिरामीको एपेन्डिस, पायल्स, युट्रेस लगायतका शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?