१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

अवैध पेस्तोलसहित पक्राउ परेका दुई जना सार्वजनिक 

शंकर आचार्य

पर्सा — पर्साको कालिकामाई गाउँपालिकाबाट बुधबार हतियारसहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षिय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षिय शिवपुजन मुखिया छन् । 

अवैध पेस्तोलसहित पक्राउ परेका दुई जना सार्वजनिक 

बुधबार राति साढे १० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका– ९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार गिरीको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो ।

उनले लगाएको कालो रंङको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध नलकटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

गिरी र मोटरसाइकलमा पछाडी सवार मुखिया समेतलाई नियन्त्रणमा लिएर उनीहरु विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?