कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा आगलागी हुँदा घर जलेर नष्ट

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको जुटपानीमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । लालबन्दी नगरपालिका-२, जुटपानीका विष्णुदेव महतोको घर विद्युत् सर्ट भएर आगलागी हुँदा जलेर नष्ट भएको हो ।

महतोका श्रीमतीको १३ औं दिनको पुण्यतिथिमा परिवारका सदस्य र आफन्त व्यस्त भइरहेका बेला अचानक बिजुली सर्ट भएर आगलागी भएको थियो । आगलागी गाउँले मिलेर निभाएका छन् ।

आगो निभाएपछि मात्रै हरिवन नगरपालिकाको दमकल आइपुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए। आगलागीबाट महतोको घर, घरभित्रका सरसामग्री र नगद समेत जल्दा पाँच लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घर जल्दा महतो परिवार बिचल्लीमा परेका छन् । यस्तै सर्लाहीको धनकौल गाउँपालिका-७, मा उखुको पत्कर लोड गरेर राखिएको ट्याक्टरको दुईवटा टेलरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । आगजनीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?