१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रौतहटमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु 

शिव पुरी

रौतहट — रौतहटको गढिमाई नगरपालिका समनपुरबाट बुधबार आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्र्याक्टर पल्टिएर चालकसहित दुई जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।  

रौतहटमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु 

ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालका अनुसार समनपुरबाट हजरियातर्फ आउँदै गरेको नम्बर प्रस्ट नभएको ट्र्याक्टर सर्लाही बरहथवा नगरपालीका–१५ स्थित नहरमा दुर्घटना हुँदा चालक रौतहटको गढिमाई नगरपालिका–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते आकाश सहनी र किसन सहनीलाई प्राथमिक उपचारपछि विरगन्ज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा समनपुरका आकाश सहनी र अर्का घाईते ७ वर्षीय बालक किसन सहनीको अवस्था पनि गम्भिर छ । उनीहरुलाई पनि वीरगन्ज रेफर गरिएको प्रहरीले जनायो । आकाशको छाती र किसनको टाउकोमा चोट लागेको छ । घाइते गभी देवी, सुखली देवी, नितेश सहनीको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले जनायो । उनीहरुको अवस्था सामान्य छ । प्रहरीका अनुसार ट्र्याक्टरमा १७ जना सवार थिए ।


प्रकाशित : फाल्गुन ९, २०८० २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?