कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रक र पिकअप ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

लक्ष्मी साह

बारा — सिमरा-हेटौंडा सडकखण्डको आधाभारमा बुधबार ट्रक र पिकअप भ्यान ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा पिकअपमा सवार एक भारतीय नागरिकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

ट्रक र पिकअप ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

उनका अनुसार सिमराबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट सिमरातर्फ आउँदै गरेको बा०१-०२६च१३३४ नम्बरको पिकअप ठोक्किएका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन । तीन जना घाइतेको परवानीपुरमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?