कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कर्फ्यूकै बीच सेलाइयो मुर्ति

शिव पुरी

रौतहट — ईशनाथ नगरपालिका–७ घिउरा गाउँमा दुई पक्षबीचको झडपका कारण तीन दिनदेखि बाटोमै अलपत्र परेको सरस्वतीको मुर्तिलाई कडा सुरक्षाका बीच सोमबार सेलाइएको छ । मूर्ति सेलाउन लैजाने क्रममा दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि त्यस क्षेत्रमा कर्फ्यू लगाएको छ ।

कर्फ्यूकै बीच सेलाइयो मुर्ति

बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सांसद, नेपाल प्रहरी र शसस्त्र प्रहरीका मधेश प्रदेशका डिआइजीहरु सहितको पहलमा झडप साम्य पार्दै मुर्ति सेलाइएको हो ।

बसन्त पञ्चमीको अवसरमा पूजाका लागि राखिएको सरस्वतीको मूर्तिलाई गएको शनिबार डिजे बाजाको साथ सेलाउन जाँदा घिउरा गाउँमा दुई पक्षबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले उक्त नगरपालिकाको २ देखि ७ नम्बर वडासम्म अनिश्चितकालका लागि क‍र्फ्यू आदेश जारी गरेको थियो ।

त्यस क्षेत्रमा अहिले पनि कर्फ्यू आदेश कायमै छ । सोमबार सदरमुकाम गौरमा सर्वपक्षीय भेलामा सहमति बनेपछि मूर्ति सेलाउन सहज भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

दुई समुदायबीच झडप भएपछि स्थिति साम्य पार्न २ दिन देखि मधेश प्रदेश प्रमुख डिआइजी यज्ञबिनोद पोख्रेल, शसस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी दिपेन्द्र शाह र राष्ट्रिय अनुसन्धानका मधेश प्रमुख डिआइजी सन्जय यादब रौतहट आएका छन् ।

सरस्वतीको मूर्ति सेलाउन बसेको सर्वपक्षीय एवम् सर्वदलीय बैठकमा घिउरा गाउँमा सद्भाव र्‍याली निकालेर शान्ति कायम गराउने सहमति भएपछि नजिकको पोखरीमा सरस्वतीको मूर्तिलाई सेलाइएको डिआईजी पोख्रेलले जानकारी दिए ।

रौतहट क्षेत्र नम्वर २ का संघीय सासद किरण साहले सहमति गराउन भूमिका खेलेका थिए । अहिले त्यस क्षेत्रमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालिक छन् । गाउँमा अवस्था शान्त भएको जिल्ला प्रहरीका डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन ७, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?