कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मधेशका मुख्यमन्त्रीलाई विश्वसको मत दिन प्रदेश सांसदलाई केन्द्रको दबाब

सन्तोष सिंह

धनुषा — मधेश प्रदेश सरकार छोडेर जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री यादवले प्रदेशसभामा तेस्रो पटक ६ गते विश्वासको लिने भएका हुन् ।

मधेशका मुख्यमन्त्रीलाई विश्वसको मत दिन प्रदेश सांसदलाई केन्द्रको दबाब

मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै मुख्यमन्त्री फेर्न प्रदेश तहमा छलफल भइरहेको छ । हरेक दलको केन्द्रीय नेतृत्वले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन प्रदेश सांसदलाई बाध्य बनाएको छ ।

पदभार सम्हालेदेखि पहिलो वर्षमा ८ पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री यादव नेतृत्वको सरकारले पहिलो वर्षमा उपलब्धिमूलक काम गर्न नसकेको भन्दै सत्ता साझेदर दल असन्तुष्ट छन् । गठबन्धन दलले मुख्यमन्त्री र मन्त्रीहरूको कार्यशैली माथि प्रश्न उठाउने गरेका छन् । मुख्यमन्त्री परिवर्तन गर्न संसदीय दलका नेताहरुले पार्टी नेतृत्वसँग आग्रह समेत गरेका छन् । तर गठबन्धन टिकाउन शीर्ष नेताहरुले मुख्यमन्त्री यादवलाई विश्वसको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री परिवर्तनको माग गरेपनि गठबन्धनको केन्द्रको निर्णयअनुसार विश्वसको मत दिनु पर्ने बाध्यता रहेको गठबन्धका प्रदेश सांसदहरुले बताए । मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री दाबी गरेका थिए । दोस्रो ठूलो दल नेपाली कांग्रेसको २२ सांसद छन् । जसपा नेतृत्वको सरकार छोडेको जनमतले पहिले आफ्नो नेतृत्वमा दाबी गर्ने र आफ्नो नेतृत्वमा सहमति नभए जसपाको विकल्पमा कांग्रेसलाई सघाउने तयारी गरेको जनमतका सांसदहरुले बताए । माओवादी केन्द्रका सांसदहरु पनि मुख्यमन्त्रीको कार्यशैलीसँग सहमत छैनन् । माओवादीले पनि मुख्यमन्त्री परिवर्तको अडान कायमै राखेको छ । मुख्यमन्त्रीले एक वर्षमा कुनै पनि ठोस काम गर्न नसकेपछि सत्ता गठबन्धनका सांसदहरुले सरकारको नेतृत्व अन्य दलले पाउनु पर्ने र त्यो सम्भव नभए जसपाबाटै अन्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेपनि दलका अध्यक्षहरु मानेको छैनन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेश प्रदेशमा ६ वर्षदेखि जसापा नेतृतवको सरकार रहेकोले बदलाव आवश्यक रहेको बताए । तत्काल केन्द्रीय गठबन्धन अनुरुप मुख्यमन्त्रीलाई विश्वसको मत दिने सहमति भएको छ,' यादवले भने, ‘मधेश प्रदेश सरकार परिवर्तन गरी कांग्रेसले नेतृत्व दावी गरेको छ । तत्काल विश्वको मत दिने अन्य विषयमा पार्टीको महासमति बैठक पछि छलफल गर्ने सहमति भएको छ ।’

जनतमले छोडेको २ मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वको मत दिन सहमति भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रासद साहले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको बताए । मन्त्रालय र सरकारको नेतृत्व आलोपाले गर्ने विषयमा कुनै छलफल भएको छैन,' उनले भने ।

जसपाका मुख्यमन्त्री यादवलाई गठबन्धन दल माओवादी केन्द्र, नेपाली कांग्रेस, लोसपा र नेकपा एसले विश्वासको मत दिने सहमति भएको छ । आइतबार २ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वको मत लिने मधेश प्रदेशसभा संसद सचिवालयले जनाएको छ । मधेश प्रदेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।

मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८, जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको ९, नेकपा एकीकृत समाजवादी पार्टीको ९ र लोसपाको ९ जना प्रदेश सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएर निलम्बित भएका छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीको १/१ जना सांसद छ भने एक जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित : फाल्गुन ५, २०८० १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×