११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

राजविराज मालपोत कार्यालयमा संघीय मामिला मन्त्रीको छड्के अनुगमन

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले छड्के अनुगमन गरेकी छिन् ।

राजविराज मालपोत कार्यालयमा संघीय मामिला मन्त्रीको छड्के अनुगमन

मंगलबार कार्यालय समय सुरु भएको केही समयपछि मन्त्री मालपोत कार्यालयमा पुगेकी थिइन् । उनले कार्यालयको विभिन्न फाँटको अनुगमन गर्दै कर्मचारी र सेवाग्राहीहरुबाट सेवाप्रवाहबारे जानकारी लिएकी थिइन् । सो क्रममा उनले सेवाग्राहीको कार्य छिटो छारितो गर्न कर्मचारीलाई निर्देशन दिइन् । कागजात नपुगेको भए स्पष्ट रुपमा भन्न तथा बिना कारण कसैको काममा अत्यधिक समय नलगाउन समेत उनले कर्मचारीहरुलाई निर्देशन दिईन् ।

प्रकाशित : फाल्गुन १, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?