११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिरहामा कटुवा पेस्तोलसहित युवक पक्राउ

अवधेशकुमार झा

राजविराज — सिरहा प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई आइतबार नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका-४ कमलपुरका २० वर्षीय सरोजकुमार यादवलाई एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जनाकारी दिए । 

अध्ययन प्रयोजका लागि औरही गाउँपालिका-३ का संजितकुमार यादव आफ्नी बहिनीसहित सिरहा नगरपालिका-७ का रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएकोमा आइतबार पक्राउ गरिएका सरोजले उनीहरुसँग वादविवाद गरिरहेको खबरपछि गएको प्रहरी टोलीले सरोजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट एकथान कटुवा पेस्तोल बरामद भएको डीएसपी पाण्डेले बताए ।

पक्राउ गरिएका सरोजलाई सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २८, २०८० २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?