कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

'प्रहरी हुँ' भन्दै व्यापारीसँग पैसा असुल्ने पक्राउ

भूषण यादव

वीरगन्ज — व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो ।

'प्रहरी हुँ' भन्दै व्यापारीसँग पैसा असुल्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत ५/६ महिनादेखि आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पर्सा, बारा र रौतहटका लागि खटिएको ‘घुमुवा प्रहरी हुँ’ भन्दै हरपतगन्जस्थित केमिकल कम्पनी अगाडि व्यापारीसँग पैसा उठाइरहेको जानकारी आउनासाथ प्रहरी चौकी सिर्सियाबाट प्रहरी परिचालन गरिएको थियो । कोइरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्तासमेत रहेको थापाले जनाए ।

प्रकाशित : मंसिर १५, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?