कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१० कठ्ठामा लगाइएको गाँजा फडानी

भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले १० कठ्ठा खेतमा लगाइएको गाँजाको विरुवा नष्ट गरेको छ । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवैध रूपले लगाइएको गाँजाको विरुवा प्रहरीले नष्ट गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

१० कठ्ठामा लगाइएको गाँजा फडानी

बुधबार प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले करिब ८ हजार गाँजाको बोट नष्ट गरेको पर्सा प्रहरी प्रवक्तासमेत रहेका थापाले जनाए ।

गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । ‘१० कठ्ठा जग्गामा लगाइएको करिब गाँजाका करिब ८ हजार बोट नष्ट गरिएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘अवैध रूपले गाँजा खेतीमा संलग्न रहेकाको पहिचान गरी कारबाही गरिने छ ।’

प्रकाशित : मंसिर १४, २०८० ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?