सशस्त्र प्रहरीले रौतहटको एक घरबाट बरामद गर्यो ४ थान हतियार

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ । सशस्त्रको इन्टलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका -३ स्थित एक घरबाट आइतबार हतियार बरामद गरेको हो ।
९ एमएम पेस्तोल ३ नाल , त्यसमा लाग्ने गोलि १३ गोटा , म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सुचनाको आधारमा ब्युरोले आइतबार दिउँसोखानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल 'मेड इन युएसए' र एक नाल 'मेड इन इन्डिया' लेखिएको छ । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले बताए । सो क्षेत्रमा थप अप्रेसन जारी छ भने केही व्यक्ति घरभित्र ढोका थुनेर बसेका छन् ।