पर्सामा खैरो हेरोइनसहित १ पक्राउ

पर्सा — वीरगन्ज महानगरपालिका–४ गण्डकबाट असोज २८ गते लागूऔषधसहित पक्राउ परेका एक जनालाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका–४ का ३५ वर्षीय ध्रुव राम छन् ।

वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना २१ प ४५८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकी खानतलासी गर्दा रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रङको रबरको खोलभित्र सेतो प्लास्टिकमा लुकाइ राखेको लागूऔषध खैरो हेरोइन ६ ग्राम ५ सय मिलि ग्राम फेला परेको थियो । उनीमाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।