९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तिहारको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहारको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । 

तिहारको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो

मिथिलाञ्चलमा आज भातृद्वितिया पर्व मनाई रहँदा गोधन पर्व समेत मनाईएको हो । गोधनमा कुटिएको अन्न भाईलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत छ ।

महिलाहरु एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई अराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ ।

गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दुर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ ।

गोवर्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ ।

गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रंगाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ ।

पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ ।

गोधन पर्वसँगै मिथिलाञ्चलमा आस्थाको माहपर्व छठ पर्वको तयारी समेत सुरु हुन्छ ।

प्रकाशित : कार्तिक २९, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?